
एजेन्सी । युक्रेनले रुसको सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरी एउटा शक्तिशाली बम वर्षक विमान ध्वस्त बनाएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको नोभगोरोद क्षेत्रमा रहेको सोल्ट्सी–२ एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा लामो दुरीको बम वर्षक विमान ध्वस्त भएको हो ।
ध्वस्त पारिएको ‘टुपोलेभ टियु–२२’ विमानलाई हावाको गतिभन्दा छिटो उड्नसक्ने र लामो दुरीमा पनि निशाना लगाउन सक्ने बम वर्षक विमान मानिन्थ्यो । रुसले शुत्रबाट गरिएको ड्रोन हमलाले एउटा विमानमा क्षति पुगेको जनाएको छ ।
युक्रेनले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्