
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक मंगलबारबाट सुरु हुँदैछ ।
मंगलबारबाट सुरु हुने बैठक आगामी ७ गतेसम्म बस्नेछ । बैठक ललितपुरस्थित बालकुमारीमा बिहान १० बजेबाट सुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ ।
बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनः गठन, पार्टीको भुमिकालाई सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्