२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नवलपुरमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते


1.3k
Shares

काठमाडौं । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस नवलपुरको दुम्कीवासमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएर दुम्कीवास नजिकै घ्युखोलामा भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई मध्यविन्दु जिल्ला अस्पताल र दम्कीबास स्वास्थ्यचौकीमा उपचार भइरहेको र सबै घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

उक्त बसमा ३५ जना यात्रु सवार थिए ।