२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


म्याग्दीको बेनीमा बर्खेनाच सुरू


65
Shares

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सु भएको छ ।

बेनीका नेवार समुदायमा घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म बर्खेनाच देखाउने परम्परा रहेको छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने छ ।

बर्खे नाच हराएर जाने अवस्थामा पुगेकाले त्यसको संरक्षणका लागि बर्खेनाचलाई निरन्तरता दिइएको बताइएको छ ।

यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच पनि देखाउन लागिएको हो ।