१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ?


27.833k
Shares

काठमाडौं । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् ।

सोमबार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा नेपालले सो बारेमा जानकारी दिनुभएको हो । उनले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु भएको बताए ।

कलाकार नेपालले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको बताए । उनले पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर, अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको गुनासो समेत गरे ।

कलाकार नेपालले गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरु उठान गरेको बताए । अन्य बेलामा अन्य विषय र कलाकारहरुलाई व्यंग्य गर्नसकिने तर, राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएकाले पनि नेताहरुलाई बढी व्यंग्य गरेको बताएका छन् ।

नेपालले गाईजात्राको भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको बताए । साथै उनले अन्य नेताहरुले पनि देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरुमाथि व्यंग्य गरिएको उल्लेख गरे