२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित


1.092k
Shares

काठमाडौं । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो ।