
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताउनुभएको छ ।
मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चाहेको भए आज नै संसद अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद खुल्न नसकेको बताउनु भयो । उहाँले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप समेत लगाउनु भयो । सरकारले तस्करहरुको संरक्षण गरिरहेको बर्ताैलाको आरोप छ ।
सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्