
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताउनुभएको छ ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भुमिका खेल्न नसकेको बताउनुभएको हो । उहाँले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताउनुभयो ।
सांसद गौतमले संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि सरकारले गरेन भन्ने गरिएको बताउनुभयो । उहाँले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र निति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरुले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलिय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गर्नुभयो ।
सांसद गौतमले शून्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्