
एजेन्सी । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार चन्द्रमाको सतहमा सफल अवतरण गर्ने तयारीमा छ ।
चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यानलाई अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ ।
यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ ।
अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्