
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बुधबार पनि बस्दैछ ।
मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलाबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रश्तुत गर्नुभएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेको छ ।
मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ ।
पार्टी अध्यक्ष नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्