१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ग्रिसको जंगलमा आगलागी, १८ जनाको शव फेला


260
Shares

एजेन्सी । ग्रीसको जंगलमा बिगत चार दिनदेखि लागेको डढेलोमा परेर मृत्यु भएका १८ जनाको शव फेला परेको छ ।

मृतक सबैै आप्राबासी हुन सक्ने अनुमान गरिएको छ । टर्कीको सीमा नजिक रहेको उत्तर पुर्वी ग्रीसको इभ्रोस क्षेत्रमा रहेको जंगलमा बिगत ४ दिनदेखि डढेलो लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जंगल नजिक रहेको अभान्तास गाउँ बाहिर झुपडीमा उनीहरुको शव भेटिएको हो । डढेलो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रकहरु परिचालन गर्दा पनि नियन्त्रणमा लिन कठिन भएपछी दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।

ग्रीसको तापक्रम हाल ४० डिग्री माथि पुग्दा देशका अधिकांश जंगलमा डढेलो लागेको छ । डढेलो लाग्नेबित्तिकै हजारौं सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । डढेलोले हजारौं हेक्टर जंगल नष्ट भएको समाचारमा उल्लेख छ ।