२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा झण्डै २३ करोड अनुदान


351
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा झण्डै २३ करोड रुपैयाँ विभिन्न अनुदानमा प्रदान गरेको पाइएको छ ।

त्यस मध्ये कृषि तथा पशुपालन अनुदानमा करीब १६ करोड र जिविकोपार्जनका लागि ७ करोड बाँडेको खुलासा भएको छ ।

त्यस मध्ये पशुपंक्षीतर्फ ४ सय ८१ वटा फार्मलाई ७ करोड ८६ लाख प्रदान गरिएको छ भने कृषितर्फ ३ सय ७३ फार्मलाई ८ करोड रुपैयाँ प्रदान गरिएको हो ।

प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्गर्ततको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेका अनुसार मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम अन्तर्गत ५ सय ३० परिवारलाई ७ करोड १३ रुपैयाँ दिएको थियो ।