
बारा । बाराको जीतपुरसिमरा उपमहानगरले शहरी क्षेत्रबाट उत्सर्जन हुने फोहोर वीरगन्ज महानगरपालिकाको ल्याण्डफिल्ड साइटमा विसर्जन गर्ने सम्झौता गरेपछि नगरबासीले त्यसको विरोध गरेका छन् ।
सहरी क्षेत्रबाट दैनिक उत्सर्जन हुने १५ टन फोहर व्यवस्थापन गर्न ल्याण्डफिल्ड प्रयोग गरेवापत वीरगञ्ज महानगरलाई तिनुपर्ने राजस्व तथा आन्तरिक व्यवस्थापनमा फोहोर संकलन गर्ने श्रमिक, ट्याक्टर, टिपर, चालक, इन्धन र भत्तावापत २ करोड रुपैयाँ वार्षिक खर्च हुने भन्दै स्थानीयले विरोध गरेका हुन् ।
उपमहानगरले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा केही जनप्रतिनिधिको उक्साहट पछि स्थानीयले विभिन्न माग राख्दै फोहोर विसर्जनमा अवरोध गरेको उपमहानगरको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्