१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेरुको आगलागीमा दुई जनाको मृत्यु


78
Shares

एजेन्सी । दक्षिणी पेरुको अपुरिमाक क्षेत्रको जंगलमा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ ।

अन्य दुई जना सम्पर्क बिहीन छन् भने अन्य १२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन केन्द्रले जनाएको छ ।

इहुआल्लो जिल्लामा आइतवारबाट सुरू भएको आगलागीले जीवजनावरका साथै प्राकृतिक वातावरणमा ठूलो असर परेको बताइएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । डढेलोले जिल्लाको करिब २ सय हेक्टर क्षेत्रफल, वन्यजन्तु, वनस्पति र घरहरुमा क्षति पुर्‍याएको ।

स्थानीय संस्थाहरुको सहयोगमा स्थानीयहरुको उद्धार गर्ने क्रम जारी छ ।