
एजेन्सी । टर्की सरकारले टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलका ६ लाख घरहरु जोखिमपूर्ण रहेको बताएको छ ।
टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मेहमेट ओझासेकीले मंगलबार यसको पुष्टि गरेका छन् । उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा शहरका ६० लाख घरमध्ये ६ लाख घर जोखिमपूर्ण रहेको बताए । उनले सरकारले शहरी रुपान्तरण योजना भित्र भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नेगरी आरक्षित ठाउँहरु खोज्ने काम गरेको बताए ।
टर्की भूकम्पको जोखिममा रहेको र फेब्रुअरिमा देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यससँगै सरकारले जोखिमयुक्त घरको निरीक्षण गर्न सुरु गरेको थियो ।
सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको शक्तिशाली भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो । जसमध्ये करि १ हजार मृतक इस्तानाबुलका थिए ।
प्रतिक्रिया दिनुहोस्