१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


शेयर बजारमा आज ३० अंकको वृद्धि


234
Shares

काठमाडौं । मंगलबारदेखि सकारात्मक देखिन थालेको शेयर बजारमा बुधबार ३० अंक बराबरको वृद्धि आएर नेप्से २ हजार ४५ मा पुगेकाे छ ।

कारोबार पनि पछिल्ला दुई दिनका तुलनमा बढेर डेढ अर्ब पुगेकाे हाे ।

सबै उपसमूह उकालो लाग्दा जलविद्युत समूहमा सबैभन्दा उच्च ३ प्रतिशत बराबरको वृद्धि आयो । बीमा समूहमा पनि २ प्रतिशत बढीको वृद्धि आयो ।

वित्त र व्यापार समूह पनि २ प्रतिशत बराबरले उकालो लाग्दा बाँकी पनि अधिकांश समूहमा १ प्रतिशत बराबरको वृद्धि आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७३ कम्पनीको ४२ लाचख ३७ हजार कित्ता शेयर १ अर्ब ५१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन २ सय ४ कम्पनीको शेयरमूल्य बढ्दा जम्मा २० कम्पनीको घट्यो । यसदिन पनि कुथली बुखरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाउने क्रम जारी रह्यो । ग्लोबल आईएमई ब्यालेन्स फण्ड र लिबर्टी इनर्जीका लगानीकर्ताले पनि ९ प्रतिशतमाथि कमाए ।