२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुन्छ : सांसद पौडेल


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यसबारेमा चिन्ता व्यक्त गर्नुभएको हो ।

सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेसँगै उहाँले उच्चस्तरीय छानबिन समितिमाथि प्रश्न उठाउनुभयो । उहाँलै शीर्ष नेताहरुको बैठक बस्दा शुरुवात भएका प्रकरण आझेलमा पर्ने हुन् की भन्ने चिन्ता नागरिकमा छाएको बताउनुभयो ।

सांसद पौडेलले विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र घटना रोक्ने काम नगर्न आग्रह गर्नुभयो ।