
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताउनुभएको छ ।
निर्दोष जनतालाई जेलमा कोच्ने तर पूर्वप्रधानमन्त्रीहरुलाई भने हिरासत जानै नपर्ने दुई खालको कानुन लागू गरिए आफूहरुलाई सैह्य नहुने उहाँको चेतावनी थियो ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै उहाँहरुलाई किन हिरासतमा राखेर अनुसन्धान नगरेको ? भनि सरकारलाई प्रश्न गर्नुभयो ।
प्रमुख सचेतक शाहीले गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरुमाथि पशुपंक्षी कसुरसम्बन्धि ऐनको आधारमा कारवाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्