
पाल्पा । पाल्पामा पछिल्लो समय कागतीको व्यवसायीक खेती हुन थालेको छ ।
बजारमा बढ्दो माग र राम्रो आम्दानी हुन थालेपछि कागती खेतीतर्फ पाल्पाली कृषक आकर्षित भएका हुन् ।
खाद्यान्न, तरकारी र फलफुल खेती वन्य जन्तुुबाट जोगाउन कठिन हुन थालेपछि कृषकले व्यवसायीक रुपमा कागती खेती गर्न थालेका हुन । तरकारी तथा अन्य फलफुलको तुलनामा बजारीकरणमा सहज र एक पटक लगाएको बोटमा करिब दश वर्षसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले यसको व्यवसायीक खेती गरिएको कृषक बताउँछन् ।
लुम्बिनी प्रदेश सरकारले व्यसायीक रुपमा अमिलो जातको कागती खेतीको प्रवर्द्धन कार्यक्रम लागु गरेपछि जिल्लाको तिनाउ, रैनादेबी छहरा, रिब्दीकोट, निस्दी जस्ता गाउँपालिकाका कृषकले समेत कागतीको व्यवसायीक खेती सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्