१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्नेमा सांसद आचार्यको जोड


143
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्य नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी, सुलभ र बजारको माग अनुरुपको बनाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रतिष्पर्धी शिक्षाको व्यवस्था गर्दै विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्ने बताउनु भयो ।

उहाँले शिक्षा ऐन तत्कालका समस्याहरुलाई समाधान गर्ने प्रकारको मात्र नभई शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी ल्याउनुपर्ने बताउनु भयो । त्यसको निम्ति अहिले मस्यौदा भएको ऐनले नपुग्ने भन्दै मस्यौदालाई परिमार्जन गरेर शिक्षा ऐन ल्याउनुपर्ने बताउनु भयो । त्यस्तै शिक्षा नियमावलीलाई पनि परिमार्जित गर्नुपर्ने उहाँले बताउनु भयो । त्यसैगरी पाठ्यक्रमहरु पनि वर्षौंदेखिका पुराना रहेका भन्दै पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

सांसद आचार्यले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न शैक्षिक क्यालेन्डर बनाउनुपर्ने बताउनु भयो । त्यस्तै पूर्वाधार निर्माणमा पनि ध्यान दिदैँ शिक्षण संस्थाहरुमा शैक्षिक वातावरण हुनुपर्ने पनि उहाँको भनाई छ ।