२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो : नेपाल प्रहरी


2.132k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यस बारेमा नागरिकहरु सचेत हुनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गर्ने क्रम पनि बढेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगि गरिएको बताउनुभयो । उहाँले बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगि गर्ने क्रम बढेको भन्दै सचेत गराउनुभयो ।

कार्कीले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको बताउनुभयो ।