१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धि आकासियो, बजार अनुगमन गरियोस् : सांसद यादव


130
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताउनुभएको हो । उहाँले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताउनुभयो । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामाग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद यादवले दलित समुदायको अवस्थामा अझैपनि परिवर्तन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दलित समुदायलाई कहिलेसम्म दास र भूमिहीन बनाइराख्ने भनि प्रश्न समेत गर्नुभयो ।