२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

रौतहटमा पैदल यात्रीलाई ठक्कर दिने ट्रकमा आगजनी


312
Shares

रौतहट । ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि रौतहटमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

सिमेन्ट बोकेर आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले रौतहटको चन्द्रपुरमा ठक्कर दिदा पैदल यात्री होममाया मगर बिमलीको मृत्यु भएको थियो । चन्द्रपुर–१ की बिमलीको मृत्युपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

स्थानीयले आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रमा समेत तोडफोड गरेका छन् ।ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।