
काठमाडौं । सरकारले कोशी प्रदेशमा सभामुखले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश सरकार निर्माणबारे मुद्दा अदालतमा रहेको भन्दै अदालतको आदेशपछि मात्रै बोल्न सकिने बताउनुभयो । उहाँले मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने बताउनुभयो ।
प्रवक्ता शर्माले सकरारले कुनैपनि अनियमिततामा आफ्नालाई बचाउने काम नगरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्