१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौं : सभापति देउवा


1.482k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित गौरा पर्वको अवसरमा एक कार्यक्रममा बोल्दै सभापति देउवाले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताउनुभएको हो । उहाँले गौरा पर्वको दिन बिदा दिनका लागि तिथि भन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताउनुभयो ।

सभापति देउवाले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताउनुभयो ।

सभापति देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताउनुभयो ।