
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
बाढीबाट हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजार जोखिममा परेको छ भने वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ ।
सो विद्यालयको निर्माणाधीन भवनमा पनि बाढीले क्षति पुर्याएको छ । विद्यालयको चौरसम्मै बाढी भरिएपछि शुक्रबार विद्यालयमा विदा दिइएकोे छ ।
बाढीले सडक पनि कटान गरेको छ । मेलम्ची आसपासमा पछिल्लो २४ घण्टामा १२२ मिलिमिटर वर्षा भएको छ भने वर्षा हुने क्रम अहिले पनि जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७८ असार १ गते र साउन १६ गतेको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएकोे थियो ।
प्रतिक्रिया दिनुहोस्