२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो


5.122k
Shares

एजेन्सी । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ ।

जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरुले बिरोध जनाएका हुन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले समेत बिरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जापानले बिहीवार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको हो ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ । दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ ।

जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन् ।