२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो : घनश्याम भुसाल


351
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गर्नुभयो ।

महासचिव भुसालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उहाँले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गर्नुभयो । उहाँले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गर्नुभयो ।

राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताउनुभयो । महासचिव भुसालले गठबन्धनमा कांग्रेससँगै आफूहरु रहेपनि कांग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भ्विष्य नभएको बताउनुभयो ।