Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


धरानमा निषेधादेश जारी


15.9k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकाभित्र भोलि शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार आदेश जारी गर्दै निषेधाज्ञा जारी गर्नुभएको हो ।

पाण्डेले जारी गर्नुभएको आदेशमाा भनिएको छ –‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०–०५–०८ गते राति १२ बजेदेखि मिति २०८०–०५–०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभ, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, जारी आदेशमा उल्लेख छ ।

विगत केही दिनदेखि धरानमा भइरहेको धार्मिक तथा सांस्कृतिक विबादले सबैलाई सम्वेदनशील बनाएको भन्दै धरानका पूर्व मेयरहरुले सामाजिक सद्भावका लागि भोली शनिवार नागरिक स्तरबाट र्‍याली निकाल्ने तयारी गरेको भन्दै हिजो बिहिबार विज्ञप्ति जारी गरेका थिए । त्यसैगरी धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सदभाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा आज शुक्रबार अपिल जारी गर्नुभएको थियो ।