
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताउनुभएको छ ।
नेता कोईरालाले मुलुकमा विद्यमान भ्रष्टाचार/दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रवार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टहरुलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहोर्याउनुभयो ।
नेता कोईरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढनुपर्ने बताउनुभयो ।
नेता कोईरालाले भ्रष्टहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्