
बैतडी । महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय तनुज चन्द रहेका छन् ।
महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युवसहित पौडी खेलीरहेका बुवा–छोरा अपरान्ह बगेर बेपत्ता भएका बैतडीका सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो ।
घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन् । बेपत्ता दुवै जनाको खोजीमा लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेड क्वाटर बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्