२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङमा पहिरोले दुई घर भत्किदा, दर्जन बढी उच्च जोखिममा


4.602k
Shares

काठमाडौं । बागलुङमा पहिरोले दुई घर भत्किदा दुई दर्जन बढी घर पहिरोको उच्च जोखिममा परेका छन् ।

भरी वर्षाका कारण जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् भने घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन्।

घर भत्किदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको हो । नारायणको १० लाख बराबरको क्षति भएको छ भने जमुनाको ६ लाख बराबरको क्षति भएको बताइएको छ ।

पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।