१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग


5.512k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ ।

सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेशनल सेन्ट्रल ब्यूरो (दिल्ली) लाई सहयोग माग्दै पत्राचार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर साउन २ गते बरामद सुन हङकङबाट आएको थियो ।

त्यसैले सुन पठाउने व्यक्तिहरु र त्यहाँको थप नेक्ससबारे प्रहरीले हङकङस्थित इन्टरपोलका अधिकारीहरुसँग सूचना मागेको छ । हङकङ र भारतबाट प्राप्त हुने सूचना अनुसन्धानमा निकै सहयोगी हुने अपेक्षा सीआईबीले गरेको छ ।

प्रकरणमा प्रहरीले चिनियाँ नागरिक ओ फुछङ्, ली वन् सुङ, डिङ सेल्फा, ली नेङ्काई लगायतलाई पक्राउ गरेको छ । सेल्फा र नेङ्काइलाई प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ । सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।