
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ ।
विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक बितरण गरेको हो ।
नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि त्रियुगा ज्ञानमाला नामक पुस्तक विद्यालयमा वितरण सुरू गरिएको हो । नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक,सामाजिक, सांस्कृतिक, स्थानीय सीप, प्रविधि, पुशपालन र अन्य विषय पुस्तकमा समावेश गरिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनुभयो ।
विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार पारिएको हो । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी आवश्यक रहेकाले पुस्तक निर्माणगरि वितरण गरिएको नगर उपप्रमुख महेश्वरी राइले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्