२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमतीमा र्‍याफ्टिङ


2.236k
Shares

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

शनिबार बिहान नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो ।

बिहान थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटसम्म गराइएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।

बागमती नदीमा १५ वटा बोट मार्फत जलयात्रा गरिएको थियो ।