१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित


130
Shares

हेटौँडा । मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित भएका छन् ।

जिल्लाको चित्लाङको च्याउ फार्मको अवलोकन गरे पछि उनीहरु च्याउ खेतीमा आकर्षित भएका हुन् ।

कृषकलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत रोटरी क्लब महाराजगञ्ज तथा पेन्सुलभेनिआ अमेरिकाको सक्रियतामा प्रशिक्षणसहित च्याउ खेती अवलोकन गराइएको हो । रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेन्ट डा. जयबहादुर टन्डनले कृषकहरुको आर्थिक उन्नतीका लागि प्रशिक्षण र तालिमसँगै च्याउ खेतीको व्यवस्थापन गरीने बताउनुभयो ।

शैक्षिक तालिम बिना च्याउ खेतीका लागि कृषक दक्ष नहुने भएकाले तालिमपछि च्याउ खेतीमा सहभागी गराइने उहाँको भनाइ छ । तालिम पछि आवश्यक बिउ बिजन मलको व्यवस्थापन र टनेल निर्माणसँगै कृषक आफैँले च्याउ उत्पादन गर्ने उहाँले बताउनुभयो ।

कृषकले उत्पादन गरेको च्याउको बजारसमेत व्यवस्थापन गरीदिने भएको छ । प्रशिक्षक सुमन महर्जनले तालिममा सिकेका कुराहरु कृषकले व्यवहारमा लागु गर्ने भन्दै च्याउ खेती कृषकका लागि प्रभावकारी हुने बताउनुभयो ।