३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


नेवा अर्गनाइजेशनका अध्यक्ष श्रेष्ठलाई सम्मान


273
Shares

काठमाडौं । वल्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ ।

नेवा अर्गनाइजेशन नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालमा रहेका नेवार र काम वा अध्ययनको शिलशिलामा विश्वका विभिन्न स्थानमा रहेका नेवार समुदायको हक हितका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले नेवारी समुदायको हित र उनीहरुको सीप क्षमता विकासलगायतका विषयमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

अर्गनाइजेशनले नेपालका नेवार सुमदायको हक हितका लागि आगामी कात्तिकमा सम्मेलन गर्ने तयारी गरेको जनाएको छ ।