४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


मेडागास्करको एक स्टेडियममा भागडौडमा १३ को मृत्यु


156
Shares

एजेन्सी । अफ्रिकी मुलुुक मेडागास्करको एक स्टेडियममा भागडौड हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मेडागास्करको बरिया स्टेडियमा आयोजित इण्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह चलिरहँदा प्रवेश गर्न खोज्नेहरुबीच भागदौड हुँदा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

करिब ५० हजार दर्शकको उपस्थिति रहेको रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो । घटनामा परी ८० जना भन्दा बढी दर्शक घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।