
काठमाडौं । हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालनमा आएको छ ।
हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई सहज भएको छ भने जिल्लामा दैनिक उपभोग्य बस्तु भित्रिएको छ ।
लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।
गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध हुदै आएको थियो ।
नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्