२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सत्ता गठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल


429
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरेहको बताउनुभयो । उहाँले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान बिरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लियर हुनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्नसक्ने सम्भवाना भएको पार्टी रहेको बताउनुभयो ।