८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरी : देउवा


208
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताउनु भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका संकट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भईसकेको बताउनुभएको हो ।

सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउ नभएको अवस्था आउनु चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि नेपाली कांग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आफूहरुले नीतिगत रुपमै धारणा बनाएर अघि बढने समेत बताउनुभयो ।

सभापति देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक असरबाट बच्न बदलिँदो परिस्थिति अनुसार अघि बढनुपर्ने बताउनुभयो ।