९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैन : विमलेन्द्र निधी


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिवद्ध नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका नेता निधीले एक समय मधेस माने काँग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा कमिटिको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउनुभएको थियो भने कमिटीका पूर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराउनुभएको थियो