
स्याङ्जा । स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात भइरहेको छ ।
वालिङ नगरपालिका– ८ जैसीपँधेराको अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात भइरहेको छ ।
सहकारीले कृषकबाट दूध सङ्कलन गरेर उत्पादन गरेका विभिन्न परिकारहरुमध्ये छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको सहकारीले जनाएको छ । सहकारीमा दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुने गरेको छ ।
छुर्पीको मुल्य प्रतिकिलो १ हजार रुपैयाँदेखि १ हजार १ सय रुैयाँसम्म पर्ने बताइएको छ । छुर्पीका साथै सहकारीले सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिम लगायतका वस्तु उत्पादन गर्दै आएको छ । यी उत्पादनहरु स्थानीय बजारका साथै काठमाडौँ निर्यात गर्ने गरेको छ ।
सरकारले दूधमा दिएको प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदानले कृषक व्यावसायिक गाईभैँसी पालनमा आकर्षित हुँदै गएको सहकारीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्