
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यविरुद्ध किर्तेमा मुद्दा चलाउने निर्णय गरेको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरुको पनि नाम समावेश छ । सरकारी पदमा हाल बहाल रहेका उनीहरू नै सबैभन्दा उपल्लो तहका अधिकारी हुन् ।
सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाएका थिए । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिइएको थियो भने सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो ।
तर, सरकारी वकिलले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउने निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्