२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं : सांसद सुनार


689
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम गर्‍यो भनेर गलत अर्थ लगाउने नहुने समेत बताउनुभयो ।

उहाँले सबै जाति र समुदायले मिलेर देश बनाउने बेलामा जातीय विभेद खडा गर्न नहुने बताउनुभयो । सांसद सुनारले जातीय आधारमा साना र ठूला भन्ने काम गर्न नहुने पटकपटक दोहोर्‍याउनुभयो ।

सांसद सुनारले निजामति सेवामा पनि जनसंख्याको आधारमा उत्पीडित दलीय समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहोर्‍याउनुभयो ।