
काठमाडौं । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पताल आईसीयू सेवा विहीन छन् ।
प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू विहिन भएका हुन् ।
प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको क्षमताको आधारमा ९४ प्रतिशत सामान्य शैय्या छन् । प्रदेश सरकार अन्तर्गत रहेर सञ्चालनमा रहेका १३ मध्ये ८ वटा प्रादेशिक अस्पतालमा मात्र आईसीयू सेवा सञ्चालनमा छन् ।
प्रदेशको रसुवा अस्पताल,रामेछाप अस्पताल,बज्रवाराही चापागाउँ अस्पताल ललितपुर, पशुपति चौलागाई स्मृति अस्पताल दोलखा र टोखा चण्डेश्वरी अस्पताल काठमाडौंमा आईसीयूसेवा उपलब्ध छैन । ती अस्पतालमा सामान्य शैय्या मात्र रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ती अस्पतालमा क्याबिन तथा विशिष्टीकृत शैय्यासमेत नरहेको र सामान्य शैय्याबाटै उपचार सेवा प्रवाह हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्