२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेप्सेमा २० अंकको गिरावट


117
Shares

काठमाडौं । आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले आइतबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो ।

बजार घटेसँगै नेप्से पुनः २००० बिन्दुभन्दा तल झरेको छ । गत साताको दोस्रो कारोबार दिन पनि नेप्से २००० बिन्दुभन्दा तल झरेको थियो ।

आइतबार नेप्से परिसूचक २० दशमलव ५४ अंक घटेर १९९३ दशमलव ३८ विन्दुमा झरेको छ । त्यसैगरी, आइतबार सेन्सेटिभ इण्डेक्स ३ दशमलव ४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १९ अंक घटेको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आइतबार २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलव ६३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आइतबार एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । १३ उपसमूहमध्ये आइतबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।