
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सहयोग गरेको बताउनुभएको छ ।
आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सापकोटाले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बतानुभएको हो । उहाँले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताउनुभयो ।
सांसद सापकोटाले राजनीतिक वृत्तमा अहिले अस्थिरता सिर्जना भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्