
काठमाडौं । उदयपुरमा भारी वर्षाका कारण कमला नदीमा जलसतह उच्च तहमा पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाले नदीमा जलसतह बढ्ने क्रममा रहेको भन्दै तटीय क्षेत्र र होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिन्धुलीको रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कताको तह पार गरेको छ ।
कोसी र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेकाले नदी तथा खोलाहरुमा पानीको बहाव बढिरहेको हो ।
प्रतिक्रिया दिनुहोस्