
काठमाडौं । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका– २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडी बसेका सरावल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्